विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७५, सुन्दरहरैंचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरी शनिश्चरे, बेलबारी र रतुवामाईमा ३-३, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका २-२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १-१, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३-३, हरिनगर, गढी र देवानगञ्जमा १-१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
यस्तै झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३-३, शिवसताक्षी र कनकाईमा २-२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १-१, उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २-२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १-१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।