विराटनगरस्थित कोशी अस्पतालमा ७१ बेडको नयाँ बर्थिङ सेन्टर

<span class='c1'>विराटनगरस्थित कोशी अस्पतालमा ७१</span> <span class='c2'>बेडको नयाँ बर्थिङ सेन्टर</span>

विराटनगर । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्य सहित विराटनगरस्थित कोशी अस्पताललाई ७१ बेड क्षमताको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ ।

अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टर शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको हो । पुरानो बर्थिङ सेन्टरमा भएका व्यवहारिक तथा प्राविधिक समस्याहरुलाई दृष्टिगत गर्दै नेपाल सरकारको पहलमा उक्त नयाँ बर्थिङ सेन्टर निर्माण गरि हस्तान्तरण गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए । ‘पुरानो भवन जीर्ण र फोहोर थियो । पर्याप्त बेडहरु पनि थिएनन् । सेवा प्रवाह पनि चुनौतीपुणर् र कठिन थियो,’ उनले भने, ‘तर, अब त्यो समस्याको हल भएको छ । आगामी दिनमा नयाँ भवनबाट दुरुस्त सेवा प्रवाह गर्ने बिषयमा हामी प्रतिबद्ध छौं ।’

शुक्रबार उद्घाटन गरि हस्तान्तरण गरिएको उक्त बर्थिङ सेन्टर अबको हप्तादिन भित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरमा ७१ बेडका साथै अन्य सम्पुणर् अत्याधुनिक सेवा सुविधाहरु उपलब्ध छन् । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल ८ जना बिशेषज्ञ डाक्टरहरु छन् । सेवा प्रवाहसँग भोलिका दिनमा थप स्वास्थ्य जनशक्ति परिचालन गर्ने अस्पतालको तयारी छ ।

दुईतले संरचना सहितको मोरङ बर्थिङ सेन्टरको निमार्ण कार्य २०७७ असार अन्तिम सातादेखि सुरु भएको थियो । केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर १.२ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ करोड रुपैयाँ बढीको लागतमा उक्त बर्थिङको निमार्ण कार्य सम्पन्न भएको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि.का निर्देशक खेमराज खनालले बताए ।

बर्थिङ सेन्टरमा हाल २ वटा अपरेशन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटर लगायतका सुविधाहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्