सुनसरीको लौकहीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौं घाईते

सुनसरीको लौकहीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौं घाईते

विराटनगर । सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको १ प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ट्रक र बस एक आपसमा जुध्दा भएको आगलागीमा परि ३ जनाको मृत्यु भएको छ । घटनाको यकीन विवरण प्राप्त नभईसकेको हुनाले थप केही यात्रुहरुको ज्यान गएको आशंका गरिएको प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता एवं डिएसपी सुमन तिम्सिनाले आवर विराटनगरलाई बताए ।

उनले जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर अहिले ट्रक र बस अलग गराईएको जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाईते भएका ६ जनाको विराटनगरस्थित न्युरो अस्पताल उपचार भईरहेको छ । सामान्य घाईते भएकाहरुको ईनरुवास्थित स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्