मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै हिड्नेबाट गाँउले नै ठगिएपछि

<span class='c1'>मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै</span> <span class='c2'>हिड्नेबाट गाँउले नै ठगिएपछि</span>

विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्तीमा पुग्छन् । गाँउमा युवा युस्तादेखी वृद्धवृद्धालाई भेला गराउछन् अनि आफु आएको बारे त्यहाँ बताउन थाल्छन् ।

उनले त्यहाँ यसो भन्छन् ‘म ऐनसेल सेन्टरबाट आएको अहिले ऐनसेलले विभिन्न अफरै अफर ल्याएको छ त्यही भएर म हजुहरुको गाँउमा आएको हु ।’ उनी थप्दै जान्छन् अहिले ऐनसेलले ३ सय रुपैँयामा एक बर्ष सम्मको लागी फ्रि ईन्टरनेट सेवा अनि ५० रुपैँयाको ब्यालेन्स हुन्छ । त्यति मात्रै हैन जति पनि कुरा गर्न पाईन्छ भन्दै ति व्यत्तिले सुनाए । ती व्यक्तिले यति भनिसकेपछि गाँउले सबैजना मख्खै । गाँउलेहरु हो न हो ३ सय रुपैँयामा एक बर्षसम्म फ्रि ईन्टरनेटको सुविधा भएपछि कसलाई पो लिन मन नलाग्ला र । उनीहरुले एउटा पासर्पोट साईजको फोटो अनि नागरिताको फोटोकमी बुझाएपछि ३ सय रुपैँयामा एनसेलको सिम प्राप्त गर्छन् ।

ती व्यक्तिले झन्डै ५ देखी १० जनालाई त्यो बस्तीमा सिम बेचिसकेका हुन्छन् । अनि हिड्ने बेलामा भन्छन् यो एक्टिभ हुन चाँहि ३ घण्टा लाग्छ है भन्दै त्यहाँबाट विदा हुन्छन् । तर विदा भएको आज ठ्याक्कै ३ दिन भयो न त त्यो सिममा ईन्टरनेट चल्यो नत नेटवर्क नै छ । गाँउलेहरुले ती व्याक्तिको फोन नम्बर चाही झन्न राखेका हुन्छन् ।

उनीहरुले ३ घन्टापछि फोन गर्छन् । तर ती व्यक्तिको फोन भने स्वीच आफ हुन्छ । ३ घन्टापछि चल्छ भने ने सिम ३ दिन सम्म पनि नचल्नु अनि फोन पनि स्वीचअफ भएपछि आफुहरु ठगिएको महशुुस गर्न थाले । आफुहरु एक जना मात्र हैन गाँउ भरी नै यसरी ठगिएको भान भएपछि उनीहरुले सिधै आवर विराटनगरलाई फोन गर्छन । त्यो फोन ठगिएका मध्ये एक मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर ४ गोकुवा चौकको गन्थबहादुर परियारले गाउँलेलाई ठगेको गुनासो गर्नुभयो । उनीहरुले हातमा सिमकार्डको खोल देखाउदै भने हामीलाई एनसेलले बर्बाद नै बनायो । ठगिएका मध्ये बुढीगंगा गाउँपालिका ४ का गन्थबहादुर परियार, सर्मिला परियार, रविन विष्ट, प्रदिप विष्ट, विराट पोखरेल, यम बहादुर विष्ट, असोक खतिवडालाई ३ सय र १५० मा सिम कार्ड बेचिएको थियो ।

त्यती मात्र हैन खेतमा काम गर्दै आउनुभएकी अर्की एक ६० बर्षीया आमालाई समेत जस्तोसुकै ठाँउमा चल्छ आमा लिनुभन्दै सिम बेच्न पुगेको ती वृद्धाले सुनाईन् तर आफुले नलिएको उनले बताईन् ।

पीडितहरुले आफुहरु ठगिएको बारे एनसेल सेन्टरलाई समेत जानकारी गराउदा यो सिमको नम्बरहरु रजिष्टर नभएको जवाफ आएको उनीहरुले सुनाए । यता एनसेल सेन्टर विराटनगरका प्रतिनिधी चान्द ईराकीले भने, ‘हामीले एनसेलको सिम निःशुल्क वितरण गरेको छौँ, त्यो सिममा ५० रुपैँयाको व्यालेन्स हुन्छ । ब्यालेन्सको लागि मात्र ५० रुपैँया सेवाग्राहीबाट लिनेगरेका छौँ।’

एनसेल कम्पनीले ३ सयमा बेच्ने गरेको छैन, सिमहरु कुन बिक्री केन्द्रबाट विक्री भएका छन् त्यसको बारे अनुसन्धान गर्ने समेत ईराकीले बताए । यो विषयमा हामीले एनसेलको मुख्य कार्यलयमा कुरा राखिसकेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्