उखुबारी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ

<span class='c1'>उखुबारी हत्याकाण्डमा संलग्न</span> <span class='c2'>थप दुईजना पक्राउ</span>

विराटनगर । मोरङको धनपालथान–७ र ललितपुरको ठोचेमा तीन व्यक्तिको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । मोरङ प्रहरीले उनीहरुलाई आज राती पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र रंगेली–३ बस्ने ३० वर्षीया मो..सुदाम रहेका छन् । उनीहरुलाई प्रहरीले विराटनगर बजारबाटै पक्राउ गरेको जानकारी दिइएको छ ।
हिजो मात्रै प्रहरीले जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरि सार्वजानिक गरेको थियो ।

गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका–७ बस्ने दिलिप सिंहको उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका–४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका–३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति–२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।
कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्