निरन्तर उडान अवरुद्ध

<span class='c1'>निरन्तर उडान</span> <span class='c2'>अवरुद्ध</span>

फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो ।

यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।

आजको उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट बुकिङ गरेका १४ यात्रु रोकिएका छन् । काठमाडौंदेखि ताप्लेजुङ आउनलागेका १२ यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले बताउनुभयो ।

सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2