विराटनगरका उद्योगीको अररियाका डिएमसँग पुल सञ्चालन गरिदिन आग्रह

<span class='c1'>विराटनगरका उद्योगीको अररियाका डिएमसँग</span> <span class='c2'>पुल सञ्चालन गरिदिन आग्रह</span>

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवहाक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मेजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलिले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका मालवहाक सवारीको आवागमन सहज बनाउन माग गरेका हुन् ।

संघमा आवद्ध उद्योगी–व्यवसायीको टोलि अररिया पुगेर त्यहाँका अधिकारीसँग मीरगञ्ज खोलामा बनेको नयाँ पुल प्रयोगबारे आइतबार छलफल गरेका हुन् । गत पुस २२ गते सीमावर्ती जोगबनी बजारदेखि ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुरानो पुल क्षतिग्रस्त बनेपछि रि–रुट गरेर मालवस्तु भीमनगर–सेतुबन्ध नाकाबाट पैठारी गरिदैं आएको छ । जसका कारण उद्योगीहरुले ११६ किलोमिटर दुरी घुमाएर सुनसरीबाट भईरहेको आयात–निर्यातले झन्झटसँगै ढुवानी बढाएको गुनासो गर्दै आएका छन् ।
दैनिक दुईसयसम्म मालवहाक सवारी रि–रुट गर्नुपर्दा व्ययभार बढेको भन्दै उद्योगी–व्यवसायीले भारत सरकारले मीरगञ्ज खोलामा निर्माण गरेको नयाँ पुल सञ्चालनका लागि बाटो खोलिदिनुपर्ने अररियाका डिएमसँग आग्रह गरेका हुन् ।

संघका अध्यक्ष रिजालले अररियाका डिएम प्रशान्तकुमारलाई ज्ञापन पत्र बुझाउँदै मीरगञ्ज खोलामा बनाइएको नयाँ पुलमा ल्याण्डिङ्ग र एप्रोच रोड निर्माणको काम समेत सकिएकोले सञ्चालनका लागि पहल बढाई दिन माग गर्नु भएको थियो । हामीले भारतीय अधिकारीसँग छलफल गरेका छौं, अध्यक्ष रिजालले भन्नुभयो–कम्तिमा १५ दिनभित्र पुल सञ्चालनको प्रक्रिया मिलाउने आश्वासन पाएका छौं । नयाँ पुल सञ्चालनका लागि अहिले कुनैपनि समस्या नभएको नेपालका उद्योगीले बताउँदै आएका छन् ।

तर, भारतीय अधिकारीहरुले भने राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने पुलको सञ्चालनको निर्णय नहुँदासम्म खोल्न नमिल्ने बताउँदै आएका छन् । संघको टोलिले सरकारीस्तरमा पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएर फर्केको छ । नेपाली उद्योगी–व्यवसायीको टोलिले भारतको अररियास्थित डिस्ट्रिक मेजिस्ट्रेट प्रशान्तकुमार, त्यहाँका प्रहरी उपरीक्षक बिनोदकुमार सिंहसहित पुलको स्थलगत निरीक्षण समेत गरेर फर्केको हो ।
उद्योगीहरुले पुल सञ्चालनमा आए अहिले भईरहेको रि–रुटको झन्झट बेहोर्नु नपर्ने बताउँदै आएका छन् । नेपाल–भारत सीमा क्षेत्र बुधनगरमा बनेको एकिकृत जाँच चौकी (आईसीपी)देखि ४ किलोमिटर दक्षिणमा रहेको मीरगञ्ज खोलाको पुलमा समस्या आएपछि नेपालका पैठारीकर्ताले ११६ किलोमिटर घुमाएर मालवस्तु भित्र्याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्