बर्डफ्लू रोक्न मोरङ बुढीगंगा–५ र ग्रामथान–१ संकट क्षेत्र घोषणा

<span class='c1'>बर्डफ्लू रोक्न मोरङ बुढीगंगा–५ र</span> <span class='c2'>ग्रामथान–१ संकट क्षेत्र घोषणा</span>

विराटनगर । सरकारले मोरङको बुढीगंगा र ग्रामथानको केहि सिमित क्षेत्रमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न केहि क्षेत्रलाई संकटक्षेत्र घोषणा गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्डफ्लु नियन्त्रण गर्न एक साताका लागि संकटक्षेत्र घोषणा गरिएको जानकारी दिए । पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो ।
विभागका निमित्त महानिर्देशक लेखराज दाहालले केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पीसीआर विधिबाट परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको जनाएका थिए । बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकट क्षेत्र घोषणा गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बर्डफ्लू देखिएको कुखुराको फर्म र आसपासको क्षेत्रलाई संकटक्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले सम्पूर्ण स्थानीय तह नभएर समस्या देखिएको क्षेत्रलाई संकटक्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्