मोरङमा खुल्ला सीमाबाट पुनः खुल्यो संस्थागत तस्करी

<span class='c1'>मोरङमा खुल्ला सीमाबाट पुनः</span> <span class='c2'>खुल्यो संस्थागत तस्करी</span>

विराटनगर । मोरङको खुल्ला सीमा क्षेत्रबाट पुनः संस्थागत तस्करीको लाइन खुलेको छ ।

लामो समय मोरङमा सुस्ताएर सुनसरीमा मौलाएको तस्करीको लाइन पुनः सञ्चालनमा आएको हो । मोरङको लक्ष्मनियाँबाट रातभर तस्करीको लाइन चल्ने गरेको स्थानीयले बताएका हुन् । तारिगामा र डुमरियासहित लक्ष्मनियाबाट तस्करीको लाइन पछिल्लो १५ दिनदेखि सेटिङमा खुलेको हो ।

मोरङको जहदा गाउँपालिकाको लक्ष्मनिया नाका हुँदै दैनिक सामान भित्रने क्रम पछिल्लो समय बढेको स्थानीयले बताएका छन् । सीमा क्षेत्रबाट हुने तस्करीमा संलग्नहरुले स्थानीय निर्वाचनमा रकम बुझाउने नेता विशेषबाट प्रहरीसँगको सेमिटङमा पुग्ने गरेका छन् ।
मोरङमा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्र रहेको छ । यीमध्ये मोरङको रतुवामाईको झुर्किया, सुनवर्षीको सिक्टी, रंगेलीको चोप्रा, धनपालथानको खयरबोना र नोचा, जहदाको तारिगामा र डुमरियाबाट तस्करीको लाइन खुलेको हो । विराटनगर महानगरपालिका भित्र इस्लामपुर, मटेरवा र दरैया नाकाबाट समेत पोकापोकी आउने गरेको छ । तर, प्रदेश प्रहरी कार्यालय नजिकै रहेको कारण ठूलो परिमाणमा विराटनगर क्षेत्रबाट लाइन चलाउन दिइएको छैन ।  डिआईजी कार्यालयकै सिंगल नपाउँदासम्म विराटनगरको सीमा क्षेत्रबाट लाइन चल्दैन ।

बुधनगरको भेडियारी नाकाबाट सुपारीकै वारपार हुने गरेको दावी गरिन्छ । प्रदेश प्रहरी प्रमुखको रुपमा अरुणकुमार बिसी आएपछि मोरङको लाइन बन्द भएको थियो । खुल्ला नाकाबाट छिटपुट सामान ल्याउने कुरालाई सामान्य मान्दै संस्थागत लाइन मोरङमा रोकिएको थियो ।
तर, सुनसरीबाट भने संस्थागत लाइन चलिरहेको अवैध कारोबारमा संलग्नहरु नै बताउँछन् । सुनसरीको साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भूटाहा र अमडुवासहितका नाकाबाट प्रहरीसँगको सेटिङमै लाइन चलिरहेको दावी गरिन्छ ।

मोरङको लक्ष्मनियाँ नाकाबाट भईरहेको तस्करीको विषयमा प्रहरी चौकी मझारेका इन्चार्ज डिल्ली भुजेलले छिटपुट घरायसी प्रयोजन बाहेक अन्य सामान आउने नगरेको दावी गर्नुभयो । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयले वारपार गरेर ल्याउने सामान बाहेक अन्य अवैध कारोबार नभएको भुजेलको दावी छ ।
तर, सीमा क्षेत्रबाटै अवैध रुपमा सामान नेपाल भित्र्याएर कारोबार गर्दै आएका एकजना कारोबारीले केहिदिन अगाडीदेखि सीमा क्षेत्रमा हुने कडाई हटेको बताएका छन् । भारतबाट सबैभन्दा धेरै चिनी अवैध रुपमा भित्र्याउने गरिएको छ । जसका कारण नेपालमा उत्पादन हुने चिनीले मूल्य पाईनरहेको उद्योगीले गुनासो गर्दै आएका छन् । नेपाली बजारमा भारतबाट आयातित खाद्यन्नका सामाग्रीले नेपाली उत्पादनको बिक्री ओझेलमा पर्दै आएको छ ।
मोरङमा गतवर्षको असोज–कार्तिक प्रहरीसँगको संस्थागत सेटिङमै तस्करीको लाइन चलेको थियो । जसका कारण सीमा क्षेत्रबाट दैनिक करोडौंको अवैध सामान नेपाल–भारत चोरी पैठारी निकासी भएको थियो । त्यस बखत सुनसरीबाट अवैध रुपमा पठाइएको तीन ट्रक स्याउ भारतमा पक्राउ परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्