प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

<span class='c1'>प्रणय दिवसका लागि</span> <span class='c2'>कोसेलीस्वरुप ‘तिम्रै लागि’</span>

काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ ।

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ ।

नवराज उप्रेतीले छायाङ्कन गर्नुभएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ । गायक विश्वकर्माको च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्