विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाहमा दलहरुको चासो

<span class='c1'>विराटनगरस्थित कोशी अस्पतालको सेवा</span> <span class='c2'>प्रवाहमा दलहरुको चासो</span>

विराटनगर । विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरङका राजनीतिक दलहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् ।

कोशी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो । बिशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि संवाद समुहले दलहरुसँग संवादको आयोजना गरेको थियो । संवादमा दलहरुले कोशी अस्पताललाई नमुना अस्पतालका रुपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन् । संवादमा आगामी आर्थिक बर्षको बजेटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरुले साझा रुपमा पहल गर्ने बताए । अस्पतालको क्षमता विस्तार गरि ५ सय शैयाको बनाउन भएको ओएनएमएस सर्भे पारित गराउन भुमिका खेल्ने बिषयमा दलहरुले जोड दिए ।

अस्पतालले ओएनएमएस सर्भे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सकको समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए । उनले अस्पतालको उचित व्यवस्थापनका लागि दलहरुले पनि बेलाबेला अनुगमन र निरीक्षण गरि समस्या समाधानमा भुमिका खेल्न आग्रह गरे ।

संवादमा बोल्दै पुर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको शाख जोगाउनु पर्ने बिषय अहिले चुनौतीपुर्ण बनेको बताए । हिजोको तुलनामा केही सुधार हुँदै गएको भएपनि कहिले प्रदेश र कहिले संघीय सरकार मातहतमा हुँदा यसले ठुलो समस्या व्यहोर्नुपरेको उनले जानकारी दिए । उनले भने, अहिले संघीय सरकार मातहतमा हुँदा बल्ल केही कामहरु देखिएको छ । उनले कोशी अस्पताल प्रदेश १ कै रिफरल अस्पताल भएकोले नमुना रिफरल अस्पतालको रुपमा विकास गर्न सबैको पहल हुनुपर्ने बिषयमा जोड दिए ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सुचना प्रणाली व्यवस्थित नभएको बताए । ‘सुचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अवस्था छ, उनले भने, ओपिडि, ईमर्जेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठयारो छ । यसको समाधानका निम्त्ति सहायता कक्ष बनाएर अघि बढ्नुपर्छ ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल जनशक्तिको उचित व्यवस्थापन भएमात्र विद्यमान समस्याहरु समाधान हुने बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कारबाही गर्नुपर्ने उनले जिकिर गरे । संवादमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य महेश रेग्मीले समस्या दलहरुमा नै रहेको बताए । ‘हामीबाट शुरु भएको समस्या हामी जहाँजहाँ जान्छौँ त्यहीं जान्छ, उनले भने, पहिला हामी सुध्रिएपछि मात्र संस्थाहरु सुध्रिन्छन् ।’ सरकारले तोकेको समयभित्र कार्यालयमा नबस्ने डाक्टरलाई कारबाही गर्नुपर्ने उनको भनाई थियो ।

जसपाका नेता राजकुमार यादवले डेलिभरी अवस्थामा अस्पताल जाँदा पनि सहजै बिरामी भर्ना नहुने गरेको बताए । ‘पहुँचवाला गएको छ भने चाँडो भर्ना हुन्छ, उनले भने, अन्य व्यक्ति गयो भने भर्ना पाउन धौधौं पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्