प्रतिउत्तर छेक्न बेरितको तामेल

<span class='c1'>प्रतिउत्तर छेक्न</span> <span class='c2'>बेरितको तामेल</span>

विराटनगर । अदालतले विपक्षीको नाममा जारी गरेको म्याद÷इतलायनामा तामेल गर्न जाने कर्मचारीले प्रक्रिया नपु¥याउँदा प्रतिउत्तरको मौका गुम्ने र न्यायबाट बन्चित हुनु परेको छ । मोरङ जिल्ला अदालतमा २०७८ भाद्र २२ गते दर्ता भएको लिखत बदर मुद्दामा प्रतिवादीको नाममा जारी भएको तामेल बुझाउने प्रक्रिया पूरा नगर्दा प्रतिउत्तरको म्याद गुज्रेर कानुनी प्रक्रियाबाट बन्चित हुनु परेको पीडितको गुनासो छ ।

विराटनगर–३ निवासी लक्ष्मी ढुंगानाले आफ्नो नाममा भएको दशधुर जग्गा बिक्री विरुद्ध उनकै सासु शान्ता कार्कीसहितका एकासगोलका परिवारका सदस्यले अदालतमा लिखत बदरको मुद्दा दर्ता गराएको थियो । अदातलले जग्गा बिक्री गर्ने विपक्षी ढुंगाना र जग्गा खरिद गर्नेका नाममा म्याद तामेल गरेको थियो ।

मुद्दाको प्रक्रिया अनुसार अदालतले २०७८ मंसिर २ गते कानुन बमोजिम प्रतिउत्तर दिनका लागि म्याद जारी गरेको थियो । कार्कीले बिपक्षी बनाएका ढुंगाना र जग्गा खरिद गर्ने विराटनगर–५ बस्ने उर्मिला कोइरालाले अदालतले जारी गरेको म्यादको २१ दिनभित्रमा प्रतिउत्तर दिनुपर्ने थियो । तर, म्याद तामेलका लागि खटिएका डिल्लीबहादुर अधिकारीले विराटनगर–३ घर भएकी विपक्षी ढुंगाना र विराटनगर–५ घर भएकी कोइरालालाई छल्ने हिसाबले म्यादको तामेल गरेको पाइएको छ ।

म्याद तामेल गर्न जाँदा संभव भए सम्बन्धित व्यक्तिलाई, नभए घरपरिवारलाई, घरपरिवारका सदस्य समेत नभेटिएमा घरटाँस गर्ने प्रक्रिया हुन्छ । यी सबै प्रक्रियामा साक्षी राखेर स्थानीय तहका जनप्रतिनिधिलाई रोहबरमा राख्नुपर्ने हुन्छ । तर, दुवैजना बिपक्षीको नाममा म्याद तामेल गर्न गएका कर्मचारी अधिकारीले घर खोजतलास गर्दा फेला नपरेको उल्लेख गराएका छन् । मुद्दा दर्ताका क्रममा विपक्षीको ठेगाना खुलाइएको भएपनि कोहि नभेटिएको उल्लेख गरिएको म्याद तामेलमा विराटनगर–३ र विराटनगर–५ को छुट्टाछुटेटै म्याद इतलायनामा साक्षी बस्ने भने एउटै व्यक्ति रहेका छन् ।
विराटनगर–३ की जग्गा बिक्री गर्ने विपक्षी ढुंगानाको इतनायनामा विराटनगर–५ बस्ने ३२ वर्षका अर्जुनकुमार साह र विराटनगर–५ बस्ने सुनिलकुमार मगर साक्षी छन् । विराटनगर–३ का कुनैपनि जनप्रतिनिधि वा कार्यालयका अधिकारी रोहबरमा छैनन् । यसैगरी विराटनगर–५ की जग्गा खरिदकर्ता कोइरालाको हकमा समेत उनै साह र मगरलाई साक्षीमा राखिएको छ । रोहबरमा वडा सचिव हरिप्रसाद गुरागाँईलाई राखिएको छ ।
मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रबीर जङ्ग राणाले म्याद तामेलका लागि खटिने कर्मचारीले सकेसम्म सम्बन्धित व्यक्तिलाई, नत्र घरका नातेदारलाई र घरमा नातेदार समेत फेला नपरे वा बुझ्न इन्कार गरे घरटाँस गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो । तामेलका लागि खटिएका कर्मचारीले भने यी प्रक्रिया नअपनाईकन गरेमा बेरितको हुने उहाँले बताउनुभयो । तर, कर्मचारीले सहि काम नगर्दा म्याद बुझेर प्रतिउत्तर दिन आउनुपर्ने बिपक्षी सूचनाबाट बन्चित हुनु परेको छ । स्रेस्तेदार राणाले यो प्रक्रिया गलत रहेकोले म्याद बदर गरेर नयाँ म्याद लिन पाउने अवसर रहेको बताउनुभयो ।

यता अदालतमा प्रतिउत्तर दिनुपर्ने बिपक्षी ढुंगानाको मोवायलमा माघ २३ गते अदालतको म्यासेज गएपछि मात्रै उनले आफू विरुद्ध मुद्दा परेको जानकारी पाएकी थिइन् । त्यसपछि उनी बुधबार मोरङ जिल्ला अदालतमा पुगेर बुझ्दा अदालतले तामेल गरेको म्याद गुज्रिसकेको थाहा पाएकी थिइन् । उनले आफूले समयमै जानकारी पाएको भए वा आफ्ना नाममा जारी म्याद बुझुन पाएको भए समयमै प्रतिउत्तर दिनसक्ने भन्दै गुनासो गरेकी छिन् ।
कार्कीले विवाह भएर गएको घरमा श्रीमान्सँग बेमेल भएपछि आफ्नो नाममा रहेको जग्गा बिक्री गरेर ऋण तिरेको बताउँछिन् । श्रीमान् विदेश गएपछि माइतीले दिएको केहि रकम र ऋण खोजेर किनेको जग्गा आफूले बिक्री गरेको बताइन् । श्रीमान् विदेश बस्दासम्म रकम नपठाएपछि उनले चिया–नास्ता पसल खोलेर आफू र आफ्नी छोरीको दैनिकी गुजारेकी थिइन् । जग्गा किनेको ऋण तिर्न सगोलका परिवारले इन्कार गरेपछि उनले बिक्री गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्