निर्वाचन मिति घोषणासँगै विराटनगरमा मेयरका उमेदवार चर्चा, लबिङ्गमा लागे नेता

<span class='c1'>निर्वाचन मिति घोषणासँगै विराटनगरमा मेयरका</span> <span class='c2'>उमेदवार चर्चा, लबिङ्गमा लागे नेता</span>

विराटनगर । वीपि कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइरालाको विरासत बोकेको राजनीतिको उवरभूमी विराटनगरमा स्थानीय तह निर्वाचनको मितिसँगै मेयरका उमेद्वारको चर्चा सुरु भएको छ । सरकारले २०७९ साल बैशाख ३० गतेलाई निर्वाचनको मिति तोकेको छ । जसको झट्का विराटनगरको मेयर पदमा दावी गर्नेहरुलाई परिसकेको छ ।

पाँचवर्षे कार्यकालमा नेपाली काँग्रेसबाट उमेदवार बनेर निर्वाचित मेयर भीम पराजुलीले गरेको कामको समिक्षासँगै नयाँ दावी गर्नेहरुको चर्चा सुरु भएको हो । जसको धक्का व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा आफ्ना धारणा पस्केर दिन समेत थालिएको छ । विराटनगर प्रदेश १ को एकमात्रै महानगरपालिका र राजधानी समेत भएकोले यसको महत्व स्थापित गर्ने कुरामा मेयरको ठूलो भूमिका हुने गर्दछ । त्यहि पेरीफेरीमा रहेर पाँचवर्षे कार्यकालको समिक्षा चिया पसलदेखि राजनीतिवृत्तमा सुरु भएको हो । विराटनगर महानगरपालिकाको मेयर को बन्नुपर्छदेखि को बन्दा ठिक र सुहाउँदो हुन्छ भन्ने समेतको बहस सुरु भएको छ । यी सब बहस पाँचवर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको भूमिकाबाट गरिएका अनुभवको निखारपन मानिएको छ ।

पाँचवर्ष अगाडी मेयरमा निर्वाचित पराजुली र उपमेयर इन्दिरा कार्की नेपाली काँग्रेसका उमेदवार हुनुहुन्थ्यो । २३ हजार ३१ मत मेयरलाई र २० हजार १४६ मत उपमेयरलाई प्राप्त भएको थियो । निकटम प्रतिद्वन्दी एमालेका बिनोद ढकालले १७ हजार ३२१ र संघीय समाजादीका उमेश यादवले १४ हजार ९५८ मत मेयरतर्फ प्राप्त गर्नु भएको थियो । उपमेयरमा कार्कीको निकटम प्रतिद्वन्दी माओवादी केन्द्रबाट नमिता न्यौपानेले ११ हजार ५२४ र लोकतान्त्रिक फोरमबाट सुची चौधरीले १० हजार ५३६ मत प्राप्त गर्नु भएको थियो । काँग्रेस एक्लै, एमाले र लोकतान्त्रिक फोरम र माओवादी र जसपाबीच चुनावी तालमेल भएको थियो ।

काँग्रेस एक्लै बलियो मानिएको विराटनगरमा पाँच दलिय गठबन्धनको आडले उमेद्वारको हानथापलाई झन् पेचिलो बनाउने देखिन्छ । नेपाली काँग्रेसबाट अहिलेका मेयर भीम पराजुली, पूर्व प्रशासकिय अधिकृत तथा प्रदेश समिति सदस्य गोपाल रेग्मी, केन्द्रीय सदस्य डा.डिला संग्रौला, जिल्ला उपसभापति नागेश कोइराला, नगरसभापति दिपक चापागाँईमध्येले टिकट पाउने संभावना बलियो रहेको छ । कार्यकारी अधिकृत भएर विराटनगर बस्दा विकासमा राम्रो भूमिका देखाएका गोपाल रेग्मीले मेयरको टिकट पाउनुपर्ने कतिपयले तर्क गर्ने गरेका छन् । रेग्मीले आफूले विकासका लागि एक पटक जनप्रतिनिधिको भूमिकामा देखिन चाहेकोले लबिङ्ग सुरु गरेको बताएका छन् ।

गठबन्धनका कारण चुनावमा एक्लै जानुपर्ने एमालेले विराटनगरमा आफ्नो स्थिति सुधारेको दावी गर्दै आएको छ । राजनीतिक स्थितिमा फ्याट्टै बेरबदल आएर अन्य दलसँगको सहकार्य गर्ने अवसर मिले एमालेले विराटनगरमा आफ्नो पोजिसन कायम गर्ने दावी गरेको छ । अघिल्लो स्थानीय तहको तुलनामा विराटनगरको अवस्थामा सुधार ल्याएको दावी गर्दै निर्वाचन आफ्नो पक्षमा हुने विश्वासमा छ ।

एमालेबाट प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य बिनोद ढकाल, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, नगर अध्यक्ष सागर थापा सबैभन्दा बलिया दाबेदार हुन् । तर, माथिल्लोस्तरका नेताले दावी नगरेको अवस्थामा नगर अध्यक्ष थापा एक्ला दाबेदार हुनेछन् । थापाले पछिल्लो समय महानगरपालिका भित्र पार्टी गतिविधिलाई बढाएका छन् ।

विराटनगरका लागि जसपा पनि उतिकै शक्तिशाली मानिन्छ । जसपाबाट जयराम यादवले मेयरको दावी प्रस्तुत गरे जित सुनिश्चित हुने धेरैको अड्कल छ । प्रदेशका स्वास्थ्यमन्त्री यादव सालिन र भद्र भएका कारण मतदाताको नजरमा पर्ने बुझाई धेरैको छ । एमालेमा फुटको असर र काँग्रेसभित्र चुलिएको असन्तुष्टिलाई ट्याकल गर्नका लागि जसपाले मन्त्री यादवलाई उमेदवार बनाउन सक्ने धेरैको अड्कल छ । यदि मन्त्री यादव नभएको अवस्थामा उमेश यादव विराटनगरका लागि उमेदवार हुनेछन् ।

नेकपा माओवादी केन्द्रले समेत विराटनगरमा आफ्नो स्थितिमा बदलाव आएकोले सशक्त दावी प्रस्तुत गर्ने भएको छ । माओवादी केन्द्रबाट भोगेन्द्र यादव, नविन पौडेल र नमिता न्यौपाने मेयरका बढी संभावित आकांक्षी मानिन्छन् । गठबन्धनबाट माओवादी, जसपा र नेकपा एकिकृत समाजवादीले तालमेल गरेर अगाडी बढ्नसक्ने संभावना बारे समेत बसह हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्