सवारी दुर्घटनाबाट १ महिलाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनाबाट १</span> <span class='c2'>महिलाको मृत्यु</span>

झापा । झापाको गौरादह नगरपालिका वडा १ गुरुङ चौक स्थित गौरादह-पाडाजुङि सडक खण्डमा दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी १ बस्ने ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन । बुधबार दिउँसो करिब १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे.१ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृत्यु भएको थियो भने घटनामा संलग्न ट्रक र चालक गौरादह १ बस्ने ३६ बर्षीय सन्तोस अधिकारीलाई ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।

घटना बारेमा थप अनुसन्धान समेत भईरहेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्