सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते

<span class='c1'>सवारी दुर्घटनाबाट १ जनाको मृत्यु</span> <span class='c2'>१ जना  घाईते</span>

झापा । झापाको बिर्तामोड नगरपालिका वडा ६ बुट्टाबारी स्थित पुर्व पश्चीम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

बुधबार दिउँसो करिब १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले विपरीत दिशा बाट जाँदै गरेको प्र १-०१-०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका वडा ११ बस्ने ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड वडा ४ बस्ने कृष्ण राजवंशी घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको थियो ।

मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो भने पछाडि सवार कृष्णको सोहि अस्पतालमा उपचार भईरहेको छ । म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

घटना बारेमा थप अनुसमन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्