नयाँ पार्टी दर्ताका लागि सुझाव लिन कमल थापा प्रदेश १ को भ्रमणमा

<span class='c1'>नयाँ पार्टी दर्ताका लागि सुझाव लिन</span> <span class='c2'>कमल थापा प्रदेश १ को भ्रमणमा</span>

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा आएका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेर आएका हुन् ।

विराटनगरमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै थापाले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाउ दिएका छन् । नयाँ पार्टी दर्ताका लागि प्रदेश १ का अगुवाबाट राय सुझाव लिन थापा आएका हुन् ।

गत मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग देखिएको छ । पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ । यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन् । तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्