विराटनगर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
बिहीबारबाट सुरु भएको बैठकमा आउन लागेको स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।
काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । बिहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आजकाे बैठकमा पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।
फोटो:फाइल