कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ ।

युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शुक्रबार भएको खेलमा कटहरी वडा नम्बर ७ ले कटहरी वडा नम्बर ६ लाई ४३ रनले पराजित गरेको छ । वडा नम्बर ७ ले पूरा विकेट गुमाएर १४८ रन बनाएको थियो भने वडा नम्बर ६ कुल १०५ रनमा २१.४ ओभरमा अलआउट भएको थियो ।

वडा नम्बर ७ को लागि सृजन भण्डारीले ६६ रन बनाएका थिए । सृजन भण्डारी खेलको म्यान अफ दि म्याच चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्