पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पुष्टि

<span class='c1'>पछिल्लो २४ घण्टामा थप ८</span> <span class='c2'>सय ३६ जनामा कोरोना पुष्टि</span>

विराटनगर । पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।

यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्