ओरेकद्धारा कार्यक्रम व्यवस्थापन तथा परामर्श समिति गठन

<span class='c1'>ओरेकद्धारा कार्यक्रम व्यवस्थापन तथा</span> <span class='c2'>परामर्श समिति गठन</span>

विराटनगर । महिला पुर्नस्थापना केन्द्र (ओरेक) परियोजना कार्यालय मोरङले प्रभावकारी रुपमा अभियान सञ्चालन गर्नका लागि परामर्श समिति गठन गरेको छ ।

केन्द्रिय अध्यक्ष रेणु अधिकारीको अध्यक्षतामा माघ २५ गते बसेको सरोकारवालहरुसँगको संयुक्त वैठकले समिति गठन गरेको हो । परामर्श समितिको संयोजक मन्जिता उपाध्याय रहनुभएको छ भने सदस्यहरुमा डिक प्रसाद घिमिरे, चन्द्र उपाध्याय, उमेश विश्वकर्मा, मुस्कान श्रेष्ठ, इन्दिरा बराल पौडेल, इन्द्र चौधरी, विमलादेवी दास र भिमा रेग्मी रहनुभएको छ । ओरेक प्रदेश १ प्रमुख सुम्नीमा श्रेष्ठ समितिको सदस्य सचिव रहने व्यवस्था हुने जनाईएको छ ।

ओरेकले सञ्चालन गरेका विभिन्न अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले परामर्श समिति गठन गरिएको ओरेक प्रदेश १ प्रमुख सुम्निमा श्रेष्ठले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्