अरुण नदीको बेलीब्रिज भाँचिदा तीनवटा ट्रक फसे

<span class='c1'>अरुण नदीको बेलीब्रिज भाँचिदा</span> <span class='c2'>तीनवटा ट्रक फसे</span>

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५, नुम र १, वालुङ जोड्ने बेलीब्रिज शनिबार दिउँसो भाँचिएको छ। अरुण नदीमा रहेको चक्र कृष्ण पुल भाँचिएको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाका अनुसार पुलको बीच भागमा अड्किएको ट्रकमा सवार चालक र सहचालक सकुशल छन् ।

इप्सुवा हाइड्रो पावरको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक (लोवेट) पुल भाँचिएपछि अरुण नदीमा खसेको छ। पुलको क्षमताभन्दा बढी भाग बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको हो ।


मकालुका कार्यपालिका सदस्य पुरण याम्फुलेले दुई वटामा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरु आयोजनास्थल जाँदै गर्दा पुलमा पुगेपछि भाँचिएको बताएका छन् । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा भाँचिएर अड्एको पुलमा अल्झिएका छन् ।

ना२ख २४४ नम्बरको ट्रकका चालक रामेछापका हिकमत बहादुर सुनुवार, प्रदेश २–०३००१ ख ३१६५ नम्बरको ट्रकका चालक इटहरी सुनसरीका सुदिप चौधरी, प्रदेश २–०३००१ ख ३१९८ नम्बरको ट्रकका चालक बाराका प्रमेख चौधरीसहितका अन्य सहचालक भने गाडीबाट सकुशल निस्केका छन् ।
५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टन मात्र रहेको थियो। २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो। बेलिब्रिज भाँचिएपछि आवतजावतमा समेत समस्या भएको छ। पुल भाँचिएर भएको दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्