विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि आक्रमण

<span class='c1'>विराटनगरका उद्योगी श्रवण</span> <span class='c2'>अग्रवालमाथि आक्रमण</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण भएको छ। विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी तथा तेल र चिउरा उद्योगका सञ्चालक अग्रवालमाथि आक्रमण भएको हो ।

विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने पान पसलमा पान खाइरहेका बेला शनिबार उद्योगी अग्रवालमाथि आक्रमण भएको थियो । उनको मुखभित्र चोट लागेको छ । गहिरो चोटका कारण ८ वटा टाँका लागेका छन्।
अग्रवाललाई आक्रमण गर्ने विराटनगर –२ निवासी ४० वर्षीय पवन शर्मा छन् । आक्रमण गर्ने राजु विरुद्ध परिवारले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर्ने भएका छन् । आक्रमणपछि उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
श्रवणका भाइ राजु अग्रवालले शर्मालाई ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेर दिएका छन्।

घटनाप्रति नेउवा महासङ्घ प्रदेश नम्बर १ समितिले विज्ञप्ती जारी गर्दै निन्दा गरेको छ । अध्यक्ष टीकाराज ढकालले आफ्नो कार्यसमितिका सदस्य एवम् एक सक्रिय उद्योगीउपर दिन दहाडै गरिएको साङ्घातिक हमला निन्दनीय र दण्डनीय भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । आक्रमण गर्नेलाई अविलम्ब कानुनी कारबाहीमा ल्याउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्