विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा १ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । शनिबार बिहान करिब ९:३० बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारेका थिए। तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा नै मृत्यु भएको थियो ।
घटना बारेमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
फोटो: साङ्केतिक