विराटनगरमा माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस

<span class='c1'>विराटनगरमा माओवादी केन्द्रले</span> <span class='c2'>मनायो जनयुद्ध दिवस</span>

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर कमिटिले २७ औं जनयुद्ध दिवसको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय तीनपैनीमा गणतन्त्र स्थापनाका लागि घोषित अभियानमा संलग्न भई सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवस मनाइएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गीता तिम्सिनाले बलिदानीमा सहभागी भएका व्यक्तिका परिवारलाई सम्मान गर्नुपर्ने बताउनु भएको थियो । उहाँले जनयुद्धले राजनीतिक परिवर्तन गरेपनि सुशासन कायम गराउन नसक्दा प्राप्त उपलब्धीको मर्म पूरा हुन नसकेको बताउनुभयो ।
यसैगरी प्रदेशका उपाध्यक्ष शिव डाँगीले परिवर्तनका लागि सुरु भएको राजनीतिक आन्दोलनले उचाई प्राप्त गरेपनि नागरिकका अपेक्षा पूरा गर्न नसकेको बताउनुभयो । उहाँले बाँकी कार्यभारको रुपमा समाजवादी आन्दोलनमार्फत नागरिकको अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा भोगेन्द्र यादव, हेम कार्की, हरि घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । महानगर कमिटिले आयोजना गरेको कार्यक्रममा नगर अध्यक्ष नविन पौडेलले आन्दोलनमा योगदान गर्नेहरुको मूल्यंकान गर्दै अगाडी बढ्नुपर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्