विराटनगरको सडकमा एमसीसी विरुद्ध एकीकृत समाजवादी पार्टी (फोटो फिचर )

<span class='c1'>विराटनगरको सडकमा एमसीसी विरुद्ध एकीकृत</span> <span class='c2'>समाजवादी पार्टी (फोटो फिचर )</span>

विराटनगर । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले विराटनगरमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विराटनगरमा आईतबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् ।


देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले एमसीसी विरुद्ध सम्पूर्ण नेपालीहरु नै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाली झण्डा सहित सडकमा उत्रिएका उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

विराटनगरको महेन्द्र चोकबाट निकालिएको विरोध र्‍याली शनि मन्दिर, जलजला चौक हुदै ,विराटनगरको ट्राफिक चौकमा पुगेर कोण सभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्