विराटनगर । झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आईतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।