प्रेम गर्नेहरुका लागी आज भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस

<span class='c1'>प्रेम गर्नेहरुका लागी आज भ्यालेन्टाईन</span> <span class='c2'>डे अर्थात प्रेम दिवस</span>

विराटनगर । आज फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस ।

विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान–प्रदान गरी दिवस मनाउने गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । यो दिवस सन् २६९ देखि मनाउन थालिएको हो ।

रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए ।शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो ।

सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको हो ।

यो दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।

त्यसैले प्रेमको नाउमा कुनै पनि अप्रिय घटना हुन नदिनको लागी तपाई आफैँ स्वयम सेचत रहनुहोला सबैमा भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्