नोबेल मेडिकलमा भएको आन्दोलनको प्रभाव अस्पताललाई, बिरामी आउन छोडेपछि सेवाबारे भ्रममा नपर्न आग्रह

नोबेल मेडिकलमा भएको आन्दोलनको प्रभाव अस्पताललाई, बिरामी आउन छोडेपछि सेवाबारे भ्रममा नपर्न आग्रह

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनका लागि भर्ना हुनुपर्ने १५ औं ब्याजीका विद्यार्थीसँग अतिरिक्त शुल्क बुझाउन दवाव दिएपछि भएको आन्दोलनको प्रभावले नोबेलमा बिरामी आउनै छोडेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव अस्वीकार गर्दै घोषणा गरेको आन्दोलन ढेड महिनासम्म चलेको थियो । जसको प्रभावले नोबेल अस्पतालमा बिरामी आउन छोडेका हुन् ।

नोबेल शिक्षण अस्पतालले अस्पताल प्रशासन आफैं कुनैपनि सेवा अवरुद्ध नरहेको जनाउँदै सर्वसाधारणलाई भ्रम नपर्न आग्रहसहितको सूचना जारी गरेको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो ।
अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा विरामीहरुले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको छ । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै विरामीहरुले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,‘नोबेलको ओपीडी, इमरजेन्सी, भर्ना, अप्रेशन लगायत सम्पूर्ण सेवा सूचारु रहेको जानकारी गराइन्छ ।’

नोबेल, निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठूलो अस्पताल हो । अस्पताल ठूलो भएपनि चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बाहेकको अतिरिक्त शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिएका कारण पछिल्लो समय नोबेलका सञ्चालकप्रति सेवाग्राहीको मनोविज्ञान फेरिएको छ । जसको प्रभाव अस्पतालमा विरामी आउन छोडेका छन् । सुविधासम्पन्न मेडिकल कलेजमा बिरामी आउन छोड्नु अस्पताल प्रशासनका लागि चिन्ताको विषय बनेको छ ।
नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि दैनिक करिब तीन हजार विरामी उपचारका लागि आउँने गरेका छन् । सर्वसुलभ मूल्यमा भरपर्दो उपचारका लागि नोबेल विरामीहरुको रोजाइमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल एवं दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्