आइडल स्कुलको बस दुर्घटना, ८ जना घाइते

<span class='c1'>आइडल स्कुलको बस दुर्घटना,</span> <span class='c2'>८ जना घाइते</span>

विराटनगर । धरान वडा ४ को बसन्तटारमा सोमबार बेलुकी करिब ५ बजे आइडल स्कुलको बस विद्यार्थी पुर्‍याउन जानेक्रममा दुर्घटना भएको छ ।

सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान वडा १४ बस्ने ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित ६ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइतेहरूको विजयपुर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विद्यार्थीहरुलाई घर पुर्‍याएर फर्किने क्रममा दुर्घटना भएको हो । घाइतेहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आइडल स्कुलका प्रिन्सिपल सागर खडकाले बताए ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्