विराटनगरका २६ वर्षीय युवा इन्जिनियर साहिल दाहालको मेयरमा दावेदारी

विराटनगरका २६ वर्षीय युवा इन्जिनियर साहिल दाहालको मेयरमा दावेदारी

उनी भन्छन्- योजनावद्ध विकास अभावले ‘सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ ।’

विराटनगर । विराटनगर-५ त्रिमुर्ति चौकका २६ वर्षीय साहिल दाहाल सिभिल इन्जिनियर हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल कलेज अफ इन्जिनियरिङ्गबाट २०७५ सालमा साहिलले सिभिल इन्जिनियरिङ्गतर्फ स्नातक गरेका छन् । त्यसपछि पनि उनले पढाईमा निरन्तरता दिदैं मास्टर्सको अन्तिम वर्ष लेखिरहेका छन् ।

पृष्ठभूमिमा खुलाइएको परिचयले साहिल आगामी दिनमा इन्जिनियरिङ्ग पेसामा आवद्ध होलान् भन्ने लाग्छ । तर, उनको पढाई विषय र रुचीको क्षेत्र भने बिल्कुल फरक छ । मास्टर्स पढिरहेका २६ वर्षीय साहिल आगामी बैशाख ३० गते मिति तोकिएको स्थानीय तहको निर्वाचनमा विराटनगरमा मेयरको उमेद्वारी दिने सोचमा रहेका छन् । म काठमाण्डौंमै छु, साहिलले भने सरसल्लाह गरेर मेयरको टिकट लिने तयारी गरिरहेको छु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबाट टिकट लिएर मेयरमा उठ्ने सोचमा छन् । इन्जिनियर साहिलले यस अगाडी स्ववियू सभापतिको उमेद्वारी दिएका थिए । तर, निर्वाचन हुन नपाएपछि उनले थप अनुभव लिन भने पाएनन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगंठनको केन्द्रिय सदस्य रहेका साहिलले पार्टी भित्र नयाँ सोच भएका नेतृत्वको जमात बढेकोले युवालाई अगाडी सार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राप्रपाको विराटनगर कमजोर नभएको बताउँदै साहिलले मनसाय हटाएर विकासलाई बुझ्न सक्ने उमेद्वारलाई निर्वाचित गराउन मतदाता आतुर रहेको बताउनुभयो । विराटनगरमा झण्डै तीन हजार पार्टी सदस्य रहेको दावी गर्ने साहिलले पार्टीले मेयरको टिकट नदिए, किन ? भनेर प्रश्न गर्ने बताउनुभयो ।
इन्जिनियर फिल्डका विद्यार्थीले राजनीतिमा कसरी चाख पलायो ? भनेर सोधिएको प्रश्नमा साहिलले विकासमा देखिएको योजनाविहीनता हटाउनु युवाको जिम्मेवारी रहेको बताउनुभयो । पाँचवर्ष कार्यकाल सकिदैं गएको स्थानीय सरकारमध्ये विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले पहिलो कार्यकाल खासै केहि नगरेको साहिलको बुझाई छ । उनले भने सामुदायिक विद्यालयको पढाईमा केहि सुधार गर्ने खोजियो तर त्यसले पनि सरकारी संरचना भित्रै विभेद जन्माएको छ ।

योजनावद्ध सोचको अभावले जोड्ने भत्काउने विकासको सास्ती नागरिकले बेहोर्नु परेको साहिल बताउँछन् । विराटनगरमा परियोजनामार्फत सडक बनेका छन्, अब पाइपलाइन बिछ्याउने योजना आएको छ, साहिलले भने-सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ । योजनावद्ध विकासको ढाँचालाई बढाउन पनि इन्जिनियर पढेर मेयर बन्ने ईच्छा जागेको साहिलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्