उखुबारी हत्याकाण्ड अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई सम्मान

उखुबारी हत्याकाण्ड अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई सम्मान

विराटनगर । मोरङको धनपालथान उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई प्रदेश एक प्रहरी कार्यायल विराटनगरले सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकु्मार ठाकुर, प्रहरी हवल्दारद्वय जितेन्द्र चौधरी र भक्तबहादुर ठकुरी छन् । उनीहरूलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुणकुमार बिसीले पुरस्कृत गरेका हुन । एसपी जिसीलाई नगद १५ सय, डीएसपी श्रेष्ठलाई १३ सय, असई ठाकुरलाई १२ सय र हवल्दारद्वय चौधरी र ठकुरीलाई हजारको दरले नगद पुरस्कृत गरिएको डीआईजी बिसीले जानकारी दिए ।

उनका अनुसार रेकर्डमा जनिने गरी नगद पुरस्कार प्रदान गरिएको हो । यस्तै, उक्त हत्याकाण्डको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक पप्पु नायकलाई जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । मोरङको धनपालथान–७ स्थित उखुबारीमा गत १२ र १३ माघमा दुईटा शव फेला परेको थियो । यस्तै, ललितपुर महानगरपालिका–१२ ठेचोस्थित घरको कम्पाउन्डभित्र पनि एउटा शव फेला परेको थियो ।

तीनै जनाको श्रृङ्खलाबद्ध तवरले हत्या गरी जमिनमुनि गाडिएको अवस्थामा फेला परेको आपराधिक घटनाको अनुसन्धानपछि प्रहरीले मुख्य योजनाकार सहित अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्