कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. खरेल

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. खरेल

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालको निमिक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. यज्ञ खरेलले पाएका छन् ।

डा. खरेल दशौं तहका चिकित्सक हुन् । उनी सोही अस्पतालका वरिष्ठ कन्सटेण्ड अर्थोपेडिक सर्जन हुन् । मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार खरेललाई आर्थिक तथा प्रशासिन अधिकार समेत प्रयोग गर्ने गरी अस्पतलको निमिक्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी तोकिएको हो । यसअघि कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दास थिए । उनलाई इडिसिडीमा ल्याइएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्