विराटनगर–३ का थापा परिवारद्वारा छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न अक्षयकोष

विराटनगर–३ का थापा परिवारद्वारा छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न अक्षयकोष

विराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापाले उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोषमा सहयोग गर्नु भएको छ । थापा दम्पती तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको हो ।

सवारी दुर्घटनामा परी दिवंगत हुनु भएका स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा परिवारजनले “ बिप्लव थापा स्मृति उत्कृष्ट प्रहरी पुरस्कार” कोषको स्थापना गर्नु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद रु. २५ हजार तथा प्रशंसा–पत्र द्वारा सम्मान प्रदान गरिने छ । यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्