रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीमा करिब एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान–४ कर्सियामा रहेको नमूना सहकारीमा घोटाला गरेको आरोपमा प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का ५५ वर्षीय राजकुमार राजवंशीलाई पक्राउ गरेको हो ।
सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।