बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेशनले प्रदेश १ मा महिला क्रिकेट उत्थानको लागी काम गर्ने

बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेशनले प्रदेश १ मा महिला क्रिकेट उत्थानको लागी काम गर्ने

विराटनगर । बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेसनले नेपाल क्रिकेट फाउण्डेसनसँग मिलेर नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतीका लागि काम गर्ने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली महिला क्रिकेटलाई अगाडी बढाउन मेरिलेबोनले सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले यसवर्ष प्रदेश १ र मधेश प्रदेशमा महिला क्रिकेटदेखि प्रशिक्षक तालिमसम्मका कार्यक्रम हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले नेपाली महिला क्रिकेटलाई ग्रासरुटबाटै अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनका क्रममा दुवै फाउण्डेसनले धनकुटाका ५ वटा विद्यालयका महिला विद्यार्थीलाई क्रिकेटको तीनदिन आवश्यक तालिम दिने बताइएको छ। एकमहिनासम्म निरन्तर रुपमा हुने कार्यक्रममा बेलायतका क्रिकेट प्रशिक्षकसमेत सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


टोलीले सप्तरीको राजविराजमा महिला खेलाडीका लागि मधेश प्रदेशस्तरीय चार दिने बन्द प्रशिक्षणको कार्यक्रम तय गरेको छ। सप्तरीमा तालिम लिएका २० र बन्द प्रशिक्षणमा रहेका २१ जनाको टोली बनाएर खेल खेलाईने बताइएको छ।
महिला क्रिकेट प्रवद्र्धनका लागि फागुन २२ गतेबाट चारदिन मोरङ, झापा, सुनसरी र इलामबाट महिला क्रिकेट टोलीबीच समानता क्रिकेट कप (इक्वालिटी क्रिकेट कप) आयोजना हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा मेरिलेबोन क्रिकेटका अपरेसन डाइरेक्टर बेरीले क्रिकेटसंगै समानताको विषयमा सहजीकरणको विषयले सकारात्मक प्रभाव पर्ने बताउनुभयो । हावापानी, वातावरण सौन्दर्यताले भरिएको नेपालमा महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने कार्य प्राथमिकतामा रहेको बेरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बेलायतस्थित क्रिकेट विदाउट बाउन्ड्रीबाट इङलिस क्रिकेट बोर्डको लेभल ३ प्रशिक्षक सारा बेग, प्रशिक्षक ली जनाथोन उपस्थित थिए । करिब एक महिनासम्म चल्ने कार्यक्रममा उनीहरुले महिला खेलाडी तथा प्रशिक्षकलाई सहजीकरण गर्नेछन्। नेपाल क्रिकेट फाउण्डेसनका अनुसार कार्यक्रमका लागि माघ १४ गते मेरिबोन क्रिकेटसंग करिब २९ लाखमा सम्झौता भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्