धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा मानिसको खुट्टा र टाउको फेला

<span class='c1'>धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा</span> <span class='c2'>झोलामा मानिसको खुट्टा र टाउको फेला</span>

विराटनगर । धरान भेडेटार सडक खण्ड अन्तर्गत धरान–४ स्थित नौकिलो भन्ने स्थानमा एक पुरुषको जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको छ ।

हत्या गरी शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार दिउसो फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले आवर विराटनगरलाई जानकारी दिनुभयो । डिएसपी कुवँरका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको हुन सक्छ । अहिले प्रारम्भीक रुपमा तत्काल शवको पहिचान गर्न अलिक समस्या देखिएको छ । यसको लागी हामीले घटनाको विषयमा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान गरेका छौँ ।

स्थानिय खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । धरान–१६ मा अस्थायी रूपमा बस्दै आएका प्रत्यक्षदर्शी तामाङका अनुसार जेब्रा झोलामा फालेको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ४० देखि ४२ वर्ष उमेर रहेको प्रहरीले अनुमान गरेको छ । धरान–१३ स्थित जीरोपोइन्टबाट करिब ९ किलोमिटर उत्तर धरान–भेडेटार सडक खण्डको नौकिलो भन्ने स्थानमा जङ्गलमा शव फेला परेको हो ।

भेटिएको शव विपि प्रतिष्ठानमा पोष्ठमार्टमको लागी लगिएको ईलाका प्रहरी  कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्