विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ ।
मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
बर्जु गाँउपालिका वडा नम्बर १ को २२ वर्षिय धनी उरावलाई दुर्घटना पछि बुधबार राती अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालको लापरबाही भएकप भन्दै अस्पताल बाहिर सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।
हाम्रो प्रतिनिधि घटनास्थलमा हुनु हुन्छ र यस विषयमा थप अपडेट गराउने छौं ।