ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

विराटनगर । विराटनगर-५ स्थित बरगाछीमा रहेको लाईफ गार्ड हस्पिटलमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ ।

सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको बिहिबार विहान उपचारको क्रममा मृत्यु मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको हो । उपचारका विहान ५ः३० बजेतिर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार को २८ प ३८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुधबार राति १० बजेतिर गम्भीर घाइते भएका उराउँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर मोटसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको छ । उपचारकै क्रममा उराउँको मृत्यु भएपछि अस्पताल परिषर विहानैदेखि तनावपूर्ण बनेको थियो । आन्दोलनमा उत्रिएकाहरुले बरगाछी–चाँदनी चोक सडकखण्ड केहीबेर अवरुद्ध समेत बनाएका थिए । सडकमा सवारीसाधनसमेत चल्न नदिकन अस्पताल प्रवेशद्धारमा टायर बाल्दै आन्दोलन गरेका थिए ।

अप्रीय घटना हुन नदिन मोरङ प्रहरीले ठूलो संख्याम सुरक्षाकर्मी परिचालन गरेको थियो । भर्ना भएका विरामीलाई चिकित्सकले ध्यान नदिँदा र उपचारमा लापरबाही गरिँदा घटना भएपछि आफन्त, परिवारका सदस्य र स्थानीय आक्रोसित बनेर अस्पतालविरुद्ध आन्दोलन थालेको मृतकका आफन्तको भनाई छ ।
यता अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठका अनुसार घाइतेको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले शव बुझेर घरतिर लैजाने तयारी गरेका थिए । तर त्यत्तिकैमा भेला भएको एउटा समूह शव लैजान नदिइकन अस्पतालविरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ ।

मृतकका परिवार र अस्पताल प्रशासन विच घटना बारे अहिले छलफल भईरहको समेत श्रेष्ठले आवर विराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्