विराटनगरको हाम्रो अस्पताल र एन.एम.बी बैक बिच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगरको हाम्रो अस्पताल र एन.एम.बी  बैक बिच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगर । विराटनगर-४ मा रहेको हाम्रो अस्पतालल र एन.एम.बी बैंक विचएक आपसमा विभिन्न सेवा प्रदानमा सम्झौता भएको छ ।

बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता समेत भएको छ ।

सम्झौता पत्रमा हाम्रो अस्पतालका सचालक तथा अस्पताल निर्देशक डा. सुनिलचन्द्र अधिकारी र बैंकको तर्फबाट १ नं प्रदेशको प्रमुख उत्सव घिमिरे र महेन्द्र चोक शाखाका प्रमुख भीष्मराज कार्की हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार एन.एम.बी बैंकका ग्राहकहरु तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट उपचार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याब परिक्षणहरु, अंतरंग विभागमा भर्ना भई गरिने उपचार तथा शल्यक्रियाबाट गरिने उपचारमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहकको परिचय खुल्ने कागजात पेश गरी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्