विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलो भन्ने स्थानमा जेब्रा झोलाभित्र मानिसको शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो ।
विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहीबार बिहान जङ्गल सर्च गर्ने क्रममा एक किलोमिटर माथि शरीरको भाग र अर्को खुट्टा भेटिएको हो
अनुसन्धानमा संलग्न सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले जिउको भाग र दाहिने खुट्टा भेटिएको अवार विराटनगरलाई जानकारी दिए ।
‘आज बिहान सघीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त ट्रयाक्र डग सहित सर्च गर्ने क्रममा जिउको भाग र दाहिने खुट्टा जेब्रा झोलामा नै भेटियो ’ उनले भने –‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गछौँ ।’ त्यसपछि केही खुल्ने उनले बताए ।
हिजो बुधबार जङ्गलमा दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि स्थानियले प्रहरीले खबर गरेका थिए । घटनाको अहिले इलाका प्रहरी कार्यालय धरान र सङ्घीय इकाई प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ । शवको प्रकृति हेर्दा हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक अधवैशे उमेरको रहेको अनुमान गरिएको छ । घटना स्थलमा कुनै पनि परिचय खुल्ने प्रमाण नभेटिएका कारण पहिचान खुलाउन समस्या भएको सघिय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । तर प्रहरी टोलीले घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका कारण पोष्ट मार्टम रिर्पोटपछी केही पत्ता लाग्ने समेत सुनसरी प्रहरीले जनाएको छ ।