प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ९६</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ ।

३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४, इटहरी, दुहवी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्