विराटनगरको शिक्षादिप कलेजद्धारा उत्कृष्ट विद्यार्थीलाई ७० लाख बराबरको छात्रवृति प्रदान

<span class='c1'>विराटनगरको शिक्षादिप कलेजद्धारा उत्कृष्ट  विद्यार्थीलाई</span> <span class='c2'>७० लाख बराबरको छात्रवृति प्रदान</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो ।


राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान संकायको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई न्युनतम १० हजारदेखि ९० हजार ५ सयसम्मको छात्रवृति प्रदान गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका बताए । छात्रवृति पाउँने विद्यार्थीलाई उनीहरुले कलेजमा बुझाउने रकमबाट मिलान गरि उनीहरुलाई प्रोत्सानस्वरुप रकम बुझाएका विद्यार्थीलाई उनीहरुले पाउँने रकम फिर्ता गर्ने प्रिन्सिपल खडकाले बताए ।

प्रिन्सिपल खडका अनुसार गतवर्षको यस वर्ष ३० लाख बढी छात्रवृति प्रदान गरेको जनाएका छन् । यसै विच कलेजले लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने करिव १ सय जना विद्यार्थीलाई नगदसहित पुरस्कृत तथा सम्मान गरेको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल खडका, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत संचालकहरु मणिराज भट्टराई, रामचन्द्र अधिकारी, भुपेन्द्र दाहाल र नविनकुमार राय, प्रा. डा आइयस झा लगायतले सम्मान तथा पुरस्कृत गरे । कलेजमा कक्षा–११ र कक्षा–१२ गरि करिव २६ सय विद्यार्थीहरु कलेजमा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्