विराटेश्वर वृद्धाआश्रममा वडा प्रहरी विराटनगरको सरसफाइ र सहयोग

<span class='c1'>विराटेश्वर वृद्धाआश्रममा वडा प्रहरी</span> <span class='c2'>विराटनगरको सरसफाइ र सहयोग</span>

विराटनगर । विराटनगर-८ मा रहेको विराटेश्वर वृद्धाआश्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट खटिएका जनपथ प्रहरीको टोलीले शनिबार आश्रम परिसरमा सरसफाई आभियान कार्यक्रम गरेको हो । वडा प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसरमा आश्रम परिसरमा बसेका बुबा आमाहरुलाई स्वच्छ वातावरण रहिरहोस भनेर सरसफाई कार्यक्रम गरिएको वडा प्रहरी कार्यलय विराटनगरका नायव प्रहरी उपरीक्षक दिपेन्द्र पन्जियारले जानकारी दिए । साथै वडा प्रहरी कार्यालयले एक दिनको खाजा खर्चको लागी नगद ६ हजार बराबरको सहयोग गरेको छ ।

उक्त कार्यक्रमा वडा प्रहरी कार्यलयका प्रमुख दिपेन्द्र पन्जियार, प्रहरी निरीक्षक अर्जुन पोख्रेल, सामाजिक अभियान्ता पेरिस सुवेदी र वृद्धा आश्रमका अध्यक्ष जगत अर्याल लगाएत अन्य प्रहरी कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्