विराटनगर जेसिजले ४५ परिवारलाई न्यानो कपडा वितरण

<span class='c1'>विराटनगर जेसिजले ४५ परिवारलाई</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर । जेसिजले विराटनगर-४ को विभिन्न बिपन्न बस्तीमा रहेका बिपन्न वर्गका मानिसलाई न्यानो कपडा वितरण गरेको छ ।

४५ परिवारलाई न्यानो कपडा प्रदान गरिएको उक्त कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष ठाकुर प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देबेन्द्रराज पोखरेलको बिशिस्ट आतिथ्यता तथा विराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष रमेश अधिकारीले सो कार्यक्रम माथी प्रकाश पार्दै जेसिजलाई समाजसँग जोड्दै समाजका मानिसहरुको दु:ख पिडामा साथ दिन यो कार्यक्रम आयोजना गरिएको र यसले थोरै भए पनि स्थानीय जनता लाभान्वित हुने विचार व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम सयोजक राजेन्द्र पराजुलीले कार्यक्रममा उपस्थित भएर साथ दिने दाता जेसिज सदस्य स्थानीय जनता समाजसेवी लगायत सबैमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलक राजवंशीले जेसिजको यो अभियानले बिपन्नलाई राहत पुग्ने र आगामी दिनमा नि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि टि पि आचार्यले जेसिजले मानवताको सेवा लाई सर्बोपरी ठान्दै गरेको कार्यक्रम उत्कृष्ट रहेको साथै यस किसिमको कार्यले समाजमा रहेका गरिब तथा बिपन्न परिवारमा थोरै भए नि खुसी छाउने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै बिशिस्ट अतिथि वडा नम्बर ४ का अध्यक्ष देबेन्द्रराज पोखरेलले जेसिजले गरेको कार्यको सरहना गर्दै ,राहत बितरणको सदुपयोग गर्दै सहभागी हुन र अत्यावश्यक भएकाले मात्र राहत ग्रहण गरेर दिन दु:खीले पाउने बाताबरण बनाउन आग्रह गर्नु भयो ।

त्यस्तै अध्यक्ष देवचन्द्र घिमिरेले यस्ता कार्यक्रम समय समयमा जेसिजले आयोजना गर्ने गरेको र यस पटक विराटनगर-४ का विभिन्न टोलमा रहेका जनतालाई थोरै भए नि राहत को महसुस हुने गरि सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । जेसिजले समग्रमा युवाहरु लाई नेतृत्व र ब्यक्तित्व बिकासका लागि उत्प्रेरित गर्दै अघि बढाउने भएता पनि समय समयमा समस्यामा परेका जनताको सेवाको लागि परिचालित हुने गरेको बताउनुभयो ।

राहत स्वरुप न्यानो कपडा प्राप्त गरे पछि स्थानीय जनताले खुसी व्यक्त गर्दै जेसिजको उक्त कार्यको सरहना गरेका थिए भने जाडो को मुख्य समयमा न्यानो सामाग्री पाए पछि बाल बच्चा र वृद्धहरुको लागि उपयोगी हुने भन्दै आगामी दिनमा नि यस्ता कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवीहरु , विराटनगर जेसिजका बोर्ड तथा सदस्य स्थानीय जनता लगायतको उपस्थिति रहेको विराटनगर जेसिजका जनसम्पर्क अधिकार निरज ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्