रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

<span class='c1'>रकम ठगी गरेको आरोपमा</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी वडा १२ बस्ने मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो । लिम्बु र ईटहरी वडा १२ कै भरत चौधरीले आफ्नो न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको हो ।

अर्का आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्