विराटनगरस्थित किचन आईकन्सको सफलताको १ वर्ष, फेबरका उत्पादनप्रति ग्राहकको बेग्लै आकर्षण

<span class='c1'>विराटनगरस्थित किचन आईकन्सको सफलताको १ वर्ष,</span> <span class='c2'>फेबरका उत्पादनप्रति ग्राहकको बेग्लै आकर्षण</span>

विराटनगर । विराटनगर-७ हनुमानदास रोडस्थित किचन आईकन्सले आफ्नो सफलताको १ वर्ष पुरा गरेको छ ।

विराटनगरमा रहेर फेबर ब्राण्डका किचेन अप्लाईन्सेस बिक्री गर्दै आएको किचन आईकन्सले शनिबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो । गतवर्ष फाल्गुण ७ गतेदेखि शो-रुम सञ्चालन गरेर किचन आईकन्सले इटालियन प्रविधिमा आधारित भारतीय ब्राण्डका किचन अप्लाईन्सेसको आधिकारिक बिक्री वितरण सुरु गरेको थियो । हनुमानदास रोडस्थित सनराईज बैंक छेउमा अवस्थित रहेको किचन आईकन्सले वाटर हिटर, आर.ओ वाटर प्युरीफायर, हब रेज, कुकिङ टप रेज, मिक्सर ग्राइण्डर, स्यानिटाईजेशन, बेकिङ ओभन, चिम्नी र ग्यास अप्लाइन्सेस लगायतका दर्जन बढी उत्पादनहरु बिक्री वितरण गर्दै आईरहेको छ । फेबरका उत्पादनहरु बहुराष्ट्रिय प्रविधिमा आधारित रहेको विराटनगरस्थित किचन आईकन्सका सञ्चालक दिनबन्धु अग्रवालले बताए ।

भबिष्यमा प्रदेश १ को सुनसरी र झापाका प्रमुख शहरहरुमा पनि फेबरका शो-रुमहरु विस्तार गर्ने तयारी रहेको किचन आईकन्सले जनाएको छ । आईकन्सका अनुसार भबिष्यमा झापाको बिर्तामोड तथा दमक र सुनसरीको धरान तथा इटहरीमा फेबरको शो-रुम सञ्चालनमा ल्याउने योजना छ । यसका अतिरिक्त भबिष्यमा किचेन सँगसँगै होम अप्लाईन्सेसहरु समेत थपगरि बिक्री वितरण गर्ने तयारी रहेको जनाईएको छ । फेबरका उत्पादनहरु प्रति ग्राहकको आकर्षण पनि बेग्लै रहेको किचन आईकन्सको अनुभव छ । फेबरका अन्य उत्पादनको तुलनामा ग्राहकहरुले चिम्नी र कुकिङ टप लगायतका उत्पादनहरु बढी मन पराउने गरेको विराटनगरस्थित किचन आईकन्सकी शो-रुम इन्चार्ज सुस्मिता श्रेष्ठले बताईन् ।

यता, सफलताको १ वर्ष पुरा गरेको उपलक्ष्यमा किचन आईकन्सले आउँदो फाल्गुण १६ गतेसम्मका लागि आफ्नो मेगा अफर समेत सार्वजनिक गरेको छ । मेगा अफर अन्तर्गत ग्राहकले फेबरको कुनैपनि उत्पादनको खरिदमा १९ प्रतिशत छुट प्राप्त गर्नेछन् । यसैगरि अफरकोे अन्तिम दिन लक्की ड्र मार्फत् एकजना भाग्यशाली ग्राहकले फेबरको तर्फबाट विशेष पुरस्कार समेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्