विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथिति र अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आगामी शनिबार विराटनगरमा हुने प्रादेशिक ‘इकोनोमिक समिट’ को तयारीलाई तिव्र पारिएको छ । उद्योग संगठन मोरङले ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ नारासहित आयोजना गर्ने सम्मेलनको तयारी तिव्र पारेको हो ।

उद्योग संगठन मोरङले बाह्रखरी मिडियासँगको सहकार्यमा आर्थिक सम्मेलन आयोजना गर्दैछ । प्रतिष्ठित उद्यमी, उद्योगी, राजनीतिक नेता, नीति निर्माणकर्ता र कर्मचारी गरेर ५०० जनाको उपस्थितिमा आर्थिक सम्मेलन आयोजना गरिने भएको हो ।
आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रलाई एकै ठाउँमा राखेर औद्योगिक क्षेत्रको इकोसिष्टम विकासका पक्षहरु बारे बहस गरिने भएको छ । यसमा उर्जा, जग्गा र जग्गा प्राप्ती, वातावरण र उद्योग, पूर्वाधार, श्रम तथा दक्ष जशक्ति, बैंक तथा वित्तिय क्षेत्र, आपूर्ति श्रृंखलामा विकास गर्न सकिने औद्योगिक क्षेत्र र त्यसमा रहेको नीतिगत व्यवस्था तथा औद्योगिक गभरनेन्सका विषयमा छलफल गरिने भएको छ ।

यसैगरी प्रदेशको उद्योग, पर्यटन, वन, जलस्रोत, कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन, प्रदेश तथा स्थानीय सरकारका क्षेत्रको अवस्था, संभावना र आगामी कार्यदिशासँग सम्बन्धित विषयहरुलाई प्रकाशनमार्फत सार्वजानिक गरिने कार्यक्रम समेत राखिएको छ ।
यो सम्मेलनमा उद्योग संगठन मोरङले कार्यन्वयनमा ल्याएको बिजनेश क्लिनिकका बारेमा समेत छलफल गरिने भएको छ । संगठनको यो यूनिटले समग्र क्षेत्रका एकसय वटा समस्या सूचिकृत गरेर प्रधानमन्त्रीलाई बुझाउने छ । समस्यासँगै त्यसको समाधानका लागि आवश्यक प्रक्रियाको बारेमा सरकारलाई सुझाव समेत दिईने छ ।

प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश नं १ सरकारले समग्र प्रदेश नं १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको थियो । प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तीमा सघाउ पु¥याउन आर्थिक सम्मेलनले सहयोग गर्ने विश्वास आयोजकको रहेको छ ।
सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागी हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।

पूर्व अर्थ सचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ छ । सम्मेलनको तयारीका लागि प्रदेश नं १ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागी ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिएको छ । त्यसबाट प्राप्त सुझावको प्रस्तुतीकरण समेत सम्मेलनमा गरिनेछ ।

धनकुटा, इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा यस अगाडी नै राउण्ड टेबुल आयोजना गरेर सुझाव संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्