केराबारीका भट्टराईको हत्या भएको ३५ दिनपछि संलग्न आरोपमा लिम्बु पक्राउ

केराबारीका भट्टराईको हत्या भएको ३५ दिनपछि संलग्न आरोपमा लिम्बु पक्राउ

विराटनगर । मोरङ प्रहरीले केराबारी–८ हजार बिघा सामुदायिक वनमा माघ ९ गते फेला परेको बाबुराम भट्टराईको शवको अनुसन्धान गर्दै ४० दिनपछि हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको छ । केराबारी–८ का २६ वर्षीय भट्टराई पुस २७ गतेदेखि हराएका थिए ।

हराएको १२ दिनपछि भट्टराईको शव ८ हजार बिघा सामुदायिक वनमा ढलेको रुखको जरामुनी फेला परेको थियो । उक्त घटना अनुसन्धानका क्रममा भट्टराईलाई हराएको भोलिपल्ट पुस २८ गते केराबारी–३ का ३५ वर्षीय कमल लिम्बुले सामान्य विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बलबारीले लिम्बुलाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानका क्रममा मुक्का तथा फलामको रडले प्रयोग गरेर हत्या गरिएको खुल्न आएको प्रहरीले दावी गरेको छ । पक्राउ परेका लिम्बु विरुद्ध मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा पाँचदिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्