कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण

कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण

विराटनगर । १०४ वर्ष लामो निरङ्कुश राणा शासनअन्त्यभई प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा शनिवार(हिजो ) देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

विभिन्न वक्तव्य र भाषणमा सीमितहुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले श्रमदान गरी मनाउनुभएको छ । विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उहाँले श्रमदान गर्नुभएको हो ।

जनताका आधारभूत आवश्यकता गाँस,बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको दिनलाई हामीले भाषण गर्ने दिनका रूपमा लिएका छौँ । उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानवअधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ ।’

सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै जनताका हरेक कामगर्ने उहाँको भनाई छ । सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माणाधीन अवस्थामा रहेका छन् । विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि रोजिहिरा फाउण्डेसन र हामीयुवाले स्वयमसेवक व्यवस्थापन गरिरहेका छन् । यो अभियानमा काम गर्न स्काउट लगाएतका विभिन्न संघ सस्थाबाट समेत स्वयंसेवक परिचालनभएका छन् ।

वस्तिमा रोजीहिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, हामी यूवाकी अध्यक्ष जीनाजंग कार्की लगाएत टिमले श्रमदान गरेका छन् । वस्तिमा जतिसक्दो छिटो काम सम्पन्न गरेर नागरिकलाई हस्तान्तरण गरिने ह्याविट्याट नेपालका सिनियर अप्रेसन म्यानेजर रामप्रसाद सिंह दनुवार बताउनुहुन्छ ।

मानव सेवाआश्रममाफलफूलवितरण
दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ । आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानूनमन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण गरेको हो । वितरण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकारले बेसहारा मानवको सेवा गर्नु धर्म गर्नु सोसरह रहेको उल्लेख गर्दै सरकार बेसहारा नागरिकको जीवन रक्षागर्न लागि परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्