विराटनगरको आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडि

विराटनगरको आर्या न्यूरो हस्पिटलमा निःशुल्क ओपीडि

विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ ।
छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिनादेखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेव दिदै आएका छन् ।

यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धीत समस्याका लागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाका लागि डा. राकेश कुमार मडलले सेवा दिदै आएका छन् । फागुन महिनादेखि विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि आर्या अस्पतालले निःशुल्क सेवा सुचारु गरेको बताइएको छ ।

स्वाथ्य सेवामा फड्को मार्दै अगाडी बढेको आर्याले अत्याधुनिक ‘एसीटि–५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतलले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवा प्रभाहमा सहज भएको छ । अस्पतालले लिने सेवा शुल्कहरु पनि अन्य अस्पतालको तुलनामा न्यून रहेको दाबी गरिएको छ ।

अस्पतालले चाँडै स्वास्थ्य बीमा कार्यक्रम पनि सुचारु गर्ने भएको छ । विपन्न सामुदायका विरामीलाई लक्षित गरि स्वाथ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्